विपद् जोखिम व्यवस्थापनको लागि आवश्यक पुर्वाधारको कमी: नि.प्रजिअ. सुवेदी

Posted on: 06 Jan, 2017


पुस २२, रौतहट । रौतहट जिल्ला घन्ना बस्ती भएको अनुसारको विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पुर्वधारको आवश्यकता रहेको रौतहटका नियमित प्रमुख जिल्ला अधिकारी  गिरधारी सुवेदीले बताउनु भएको छ । 

सदरमुकाम गौर स्थित जिविस सभा हलमा आज शुक्रवार आयोजित स्थानीय विपद् जोखिम व्यवस्थापन योजना कार्यान्वयनका लागि पैरवी गोष्ठीमा कार्यक्रमको अध्यक्षको रुपमा बोल्दै नि.प्रजिअ सुवेदी जिल्लाको अवस्था हेर्दा अति घन्ना बस्ती, शितलहरको समयमा आगो ताप्ने प्रवृति रहेकोले अत्यधिक आगलगीको सम्भावना भएको जिल्लालाई विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल जस्ता पुर्वधारहरुको व्यवस्थापन गर्न अति आवश्यक रहेको बताएका छन् ।

उक्त कार्यक्रम अक्सफमको सहयोग, जिल्ला विकास समिति रौतहटको सहकार्य तथा ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाको विपद् जोखिम व्यवस्थापनको लागि तयार पारिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना रौतहट २०६८ परिमार्जित २०७३ को कितावलाई नि.प्रजिअ सुवेदीले लोकार्पण गर्नु भएको थियो । लोकार्पित विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना रौतहट २०६८ परिमार्जित २०७३ कितावलाई जिल्लाको नौ ओटै कल्सटरलाई समेत वितरण गरिएको थियो ।  


सम्पन्न गोष्ठीमा रौतहट स्थानीय विकास अधिकार उमेश बस्नेत, नेपाली सेनाका उपसेनानी संजिव फुयाल, अनुसन्धानका एसपी नविन अधिकारी, शसस्त्रका डिएसपी निर्मल खडका, युएनहेवीटेटका दिपेन्द्र ठाकुर, आरडिसी नेपालका उपाध्यक्ष नेकमहम्द हुसैन, यूएनएफपिएका भवनाथ झा लगायत विभिन्न सरकारी, गैर कार्यालयका प्रमुख प्रतिनिधि तथा पत्रकारहरुको उस्थिति रहेको थियो । कार्यक्रमको वारेमा आरडिसीका कार्यक्रम संयोजक विजय साह बनियाले प्रस्तुतीकरण गरेका थिए भन्ने संचालन जिविसका किर्ति सुवेदीले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!