रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on: 10 Jan, 2017

अभिमनु कुमार पटेल | पुस २६, रौतहट | रौतहट पिपरा भलोहीयामा ट्याक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ ।

भलोहीयादेखि धर्मपुर जाँदै गरेको ना.२ त ८४१२ नं को ट्याक्टरमा गिटी लोड गरी लैजाँदै गरेको अवस्थामा भलोहीया ३ करबोल भन्ने ठाँउमा गाडी अनियन्त्रित भई पल्टिदा उक्त २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भलोहीया गा.वि.स वडा नं २ का १९ वर्षिय दिलिप महतो र सोही ट्याक्टरमा सवार गंगा पिपरा गा.वि.स का वडा नं १ का ३० वर्षिय देवेन्द्र तिवारी समेतको घटना स्थलमा मृत्यु भएको छ ।

मंगलवार विहानी करिब ७:३० बजेको समयमा ओवर लोडिङ्ग गिरी लैजाने क्रममा उक्त ट्याक्टर पल्टिएको थियो भने चालक र सवार सहितको मृत्यु पश्चात घटना स्थलमा इलाका प्रहरी कार्यालय गंगा पिपराका जवानहरु पुगी ट्याक्टरलाई नियन्त्रण्मा लिई शबलाई पोस्टमाटमका लागि जिल्ला अस्पताल गौर पुर्याईएको र अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नवीन कृष्णा भण्डारीले जानकारी गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!