बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाले निष्क्रिय बनायो

Posted on: 20 Nov, 2017

मङ्सिर ४, रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजारभन्दा पूर्वपट्टि बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ । 

गौर पुरेनावास्थित इन्द्रबक्स गणबाट आज बिहान गएको सेनाको टोलीले ४ घन्टा बढी समय लगाएर बम निष्क्रिय बनाएको हो । 

स्थानीय स्तरमा बनाइएको भएपनि बम शक्तिशाली रहेकाले निष्क्रिय पार्न टोलीलाई समय लागेको इन्द्र बक्स गणका प्रमुख सुजन शाक्यले बताउनुभयो । 

जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरमा बम विष्फोटको घटना सेलाउँदै नपाउँदै गुजरा नगरपालिकामा आज दोस्रो बम बेवारिसे फेला परेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!