फोरम कार्यकर्ता चढेको जीप खोलामा खस्यो, १ को मृत्यु ७ घाइते

Posted on: 03 Dec, 2017

मङ्सिर १७, गौर, रौतहट (रासस) | संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ । 

बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् । 

घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिनुभयो । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जीप दुर्घटनामा परेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!