सिमेन्ट तस्कर र प्रहरीबीच झडप, वडाध्यक्ष घाइते

Posted on: 01 Feb, 2018

माघ १८, रौतहट । रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो । 

जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको थियो । 

जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी गराउनुभयो । 

लाठी चार्जमा बौधिमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुसवाह सख्त घाइते भएपछि नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थनीयवासी प्रदीप यादवले जानकारी गराउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!