रौतहटमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

Posted on: 05 Mar, 2018

फागुन २१, रौतहट | स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । 

इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो । 

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिनुुभयो । घटनास्थल सदरमुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!