रौतहटमा हावाहुरीबाट एक महिलाको मृत्यु

Posted on: 09 Apr, 2019

चैत २६, रौतहट | रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९:३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।

उडाएको घरको टाली खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!