तराई क्षेत्रमा लुट मच्चाउने एक भारतीय गोली हानी पक्राउ

Posted on: 29 Jan, 2020

माघ १५, रौतहट | प्रहरीले एकजना भारतीयलाई गोलीहानी पक्राउ गरेको छ | तराई-मधेसमा नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जनालाइ प्रहरीले पक्राउ गरेको हो | भारतको मोतिहारीका चाँद अली पक्राउ परेका हुन् |

मंगलबार राति  जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो | नेपाल प्रवेश गर्दै गरेका तिन जनाले प्रहरी तर्फ फायरिङ गरेर भागेको र जवाफी फायरिङ् गर्दा घाइते भएका उनी घाइते भएका हुन् |

प्रहरीले घटना स्थलबाट  एउटा पेस्तोल, खाली खोका र लोड गरिएको एक थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ | अरु दुई जना भने भारत तिर फरार भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!