पछिल्लो समयका समाचारहरु |


विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख, कुन देशका कति ?

Posted on July 19, 2021 | views : 388 | काठमाडौँ - KTM

साउन ४, बेइजिङ (रासस/सिन्ह्वा)। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ  ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख  ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ ला

Read More

बेलायतमा बढ्दैछ कोभिड सङ्क्रमण, २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

Posted on July 19, 2021 | views : 341 | काठमाडौँ - KTM

साउन ४, लन्डन (रासस/सिन्ह्वा)। बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो । यहाँ गएको २४

Read More

भारतमा थप ३८ हजार १६४ नयाँ सङ्क्रमित

Posted on July 19, 2021 | views : 340 | काठमाडौँ - KTM

साउन ४, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार १६४ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ४४ हजार भन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थाम

Read More

मदन भण्डारी विविको डिपिआर ‘ग्लोबल बोलपत्र’मार्फत

Posted on July 19, 2021 | views : 209 | काभ्रेपलान्चोक - KVP

राजकुमार पराजुली । साउन ४, काभ्रेपलाञ्चोक (रासस) । पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)नै अन्तर्राष्ट्रिय बिडिङ् ( ‘ग्लोबल बोलपत्र) मार्फत हुने भएको छ । यसका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ

Read More

‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र तोकियो, कहाँ कहाँ छन् केन्द्र ?

Posted on July 19, 2021 | views : 2478 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार

Read More

अझै खाली भएन कलङ्की–चाबहिल सडक

Posted on July 19, 2021 | views : 377 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे । साउन ४, काठमाडौँ (रासस)। चक्रपथको दोस्रो खण्डका रुपमा रहेको कलङ्की–चाबहिल (धोबीखोलासम्म) को सडक विस्तारका लागि निर्माणस्थल अझै खाली हुन सकेको छैन । सो सडकमा पर्ने सामाखुसी–महाराजगञ्ज खण्डमा विद्युत्का पोल हटाउन बाँकी छ । उक्त सडकमा निर्माणको काम गर्न चिनियाँ टोली आउन चाहेको भए पनि स

Read More

‘गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने ’

Posted on July 19, 2021 | views : 232 | कास्की - KSK

साउन ४, गण्डकी (रासस)। गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्द

Read More

स्मार्ट टेलिकमलाई पुनः म्याद थप

Posted on July 19, 2021 | views : 262 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ (रासस) । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६ अर्ब बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न ६ महिना म्याद थप गरेको हो ।  यसअघि असार

Read More

प्रविधिमैत्री बन्दै न्यायालय

Posted on July 19, 2021 | views : 232 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । साउन ४, गलकोट (रासस)। अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ । फैसलाको पूर्णपाठ अदालतमा तयार मात्रै हुँदैन, उच्च अदालत पोखरा बागलुङ इजलासको वेबसाइटमा समेत अपलोड हुन्छ । जबकि २१ दिनभित्र फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने अदालतको नियम छ ।  उच्च

Read More

डेढ महिनादेखि सडक सञ्जालबाट मनाङ पूर्णरूपमा विच्छेद, दैनिकी चलाउनै समस्या

Posted on July 19, 2021 | views : 244 | मनाङ्ग - MNG

नवीन लामिछाने । साउन ४, मनाङ (रासस)। देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङभित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन ।  बाढीपहिराका कारण

Read More

कोभिड पछि ४ लाख ८४ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on July 19, 2021 | views : 1046 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ । कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपा

Read More

६५१ म्यानपावरले ६१ हजार ४२८ श्रमिक विदेश पठाए, कुन म्यानपावरले कति ? (विवरणसहित)

Posted on July 19, 2021 | views : 1137 | काठमाडौँ - KTM

मनोज पराजुली । साउन ४, काठमाडौँ । गत आर्थिक वर्ष (२०७७/७८) मा म्यानपावर कम्पनी मार्फत ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको वार्षिक श्रम स्वीकृति विवरण अनुसार ६ सय ३ म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरि कुल ६१

Read More

कोरोनाविरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन

Posted on July 19, 2021 | views : 657 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् ।  जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्ड

Read More

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

Posted on July 19, 2021 | views : 279 | ताप्लेजुङ्ग - TPL

साउन ४, फुङ्लिङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी

Read More

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

Posted on July 19, 2021 | views : 336 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गत

Read More

पहिलो ठूलो फ्लोर क्रस

Posted on July 19, 2021 | views : 259 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख

Read More

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

Posted on July 19, 2021 | views : 491 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत

Read More

एमालेभित्र को–को देखिए ओलीविरोधी

Posted on July 19, 2021 | views : 526 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि

Read More

बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु

Posted on July 18, 2021 | views : 325 | काठमाडौँ - KTM

साउन ३, मुम्बई (रासस/पीटीआई) । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।  अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ ।  भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिस

Read More

उन्नाइस करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

Posted on July 18, 2021 | views : 785 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ (रासस) । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी

Read More

सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

Posted on July 18, 2021 | views : 289 | कैलाली - KLL

साउन ३, टीकापुर (रासस)। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् ।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु चार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा

Read More

सेती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

Posted on July 18, 2021 | views : 289 | डोटी - DT

साउन ३, डोटी (रासस)। केही दिनयतादेखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ । नदीमा पानीको बहब बढ्न थालेकाले खतरा बढ्नसक्ने जनाउँदै आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विश

Read More

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि

Posted on July 18, 2021 | views : 333 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निक

Read More

२ करोड धरौटी राख्ने २५१ म्यानपावरले एक जना कामदार पनि विदेश पठाउन सकेनन्

Posted on July 18, 2021 | views : 2149 | काठमाडौँ - KTM

मनोज पराजुली । साउन ३, काठमाडौँ । वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजतपत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार साल संचालनमा रहेका ८ सय ५४ म्यानपाव

Read More

‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’

Posted on July 18, 2021 | views : 262 | काठमाडौँ - KTM

साउन ३, वाग्मती (रासस) । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष  उपलब्धि मूलक  रहेको बताउनुभएको छ । रासससँग कुराकानी गर्दै  उहाँले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जान

Read More

भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित

Posted on July 18, 2021 | views : 293 | काठमाडौँ - KTM

साउन ३, (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ  । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख

Read More

माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

Posted on July 18, 2021 | views : 292 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ (रासस) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । सङ्घीय संसद्को आज बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्

Read More