पछिल्लो समयका समाचारहरु |


भोजपुरमा पहिरोको कारण क्षति

Posted on July 21, 2020 | views : 157 | भोजपुर - BJP

साउन ६, भोजपुर | लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङको भान्साघर पुरिएको प्रहरीले जनाएको छ । टीकारामको घरको गाह्रो भत्किँदा

Read More

बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

Posted on July 21, 2020 | views : 141 | इलाम - ILM

साउन ६, पाचथर | गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले

Read More

बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे

Posted on July 21, 2020 | views : 132 | चितवन - CTW

साउन ६, चितवन | मुग्लिन–चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो । पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थ

Read More

सुनकोशी किनारमा बस्नेलाई सर्न आग्रह

Posted on July 21, 2020 | views : 178 | सिन्धुली - SDL

साउन ६, सिन्धुली | जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी आसपासमा बासोबास गर्ने नागरिकलाई सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ । केरुङ च्छो नामको पोखरी फुट्न सक्ने खतरालाई मध्यनजर गर्दै सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा बासोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको ह

Read More

फुल्पिङकट्टी पहिरोबाट बेपत्ताको खोजी

Posted on July 21, 2020 | views : 222 | सिन्धुपाल्चोक - SDP

साउन ६, चौतारा | लगातारको वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी विस्थापित तथा मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत सामग्री वितरण गरिएको छ ।  बाढी र पहिरोबाट बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका मृतकका आफन्तलाई जनही रु एक लाख र क्षति भएका घरपरिवारल

Read More

त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोले घर बगाउँदा तीनको मृत्यु

Posted on July 21, 2020 | views : 163 | धादिङ्ग - DHG

साउन ६, धादिङ | त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।  रात

Read More

पृथ्वी राजमार्ग खोल्न कम्तीमा दुई दिन लाग्ने, २०० भन्दा बढी पहिरो खसे

Posted on July 21, 2020 | views : 233 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।  सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो ख

Read More

आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ बाट नियमित सुरु गर्ने निर्णय

Posted on July 20, 2020 | views : 930 | काठमाडौँ - KTM

मनोज पराजुली  । साउन ५ काठमाडौं । सरकारले आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ बाट आन्तरिक तथा बाहृय हवाई उडान नियमित रुपमा पुन: सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साझा सव

Read More

पहिराले पुरेर दुई महिला बेपत्ता

Posted on July 20, 2020 | views : 234 | तनहुँ - TNH

साउन ५, तनहुँ | तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर आज दुई महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल

Read More

बरेङको नीति ‘सबैलाई समान शिक्षा’

Posted on July 20, 2020 | views : 130 | पर्बत - PBT

साउन ५, बलेवा। सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान चलाइरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जोकोहीका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालू आवको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीले अनिवार्य रुपमा सामुदा

Read More

पशुपति लगायत देशभरका शिवालयमा भक्तजनको भीड

Posted on July 20, 2020 | views : 146 | काठमाडौँ - KTM

पूर्णप्रसाद मिश्र। साउन ५, काठमाडौँ । सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।  असार १ गतेअघि पशुपति परिसरमा पनि भ

Read More

नेपालमा थप १८६ जनामा कोरोना, कुन जिल्लाका कति ?

Posted on July 20, 2020 | views : 634 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ | नेपालमा आज थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।  जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसको पुष्टि गरेका छन् । मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा

Read More

पृथ्वी राजमार्गको पुल भत्कियो, राजमार्ग अवरुद्ध

Posted on July 20, 2020 | views : 728 | काठमाडौँ - KTM

साउन ५, काठमाडौं । अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात आवतजावत नै बन्द भएको इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले साझा सबाललाई जानका

Read More

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जद्वारा डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

Posted on July 20, 2020 | views : 141 | डोल्पा - DLP

साउन ५, डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो ।  ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनु

Read More

कोरोना भाइरस समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

Posted on July 20, 2020 | views : 188 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो ।   महाशाखाले

Read More

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनीयर नियन्त्रणमा

Posted on July 20, 2020 | views : 172 | ललितपुर - LLT

साउन ५, ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।  अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्

Read More

विश्व बैंकको सहयोगमा युवारुप परियोजना शुभारम्भ, आन्तरिक रोजगारी सिर्जना गर्ने लक्ष्य

Posted on July 20, 2020 | views : 225 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विश्व बैंकको ऋण सहयोगमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) को शुभारम्भ गरिएको छ ।  आर्थिक रुपमा विपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा स

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 3269 | काठमाडौँ - KTM

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध

Posted on July 20, 2020 | views : 634 | तनहुँ - TNH

कृष्ण न्यौपाने। साउन ५, दमौली। पहिराले तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि डुम्रे–वेशीशहर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो । भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मु

Read More

हराएको १५० दिनपछि मानव कङ्काल सार्वजनिक

Posted on July 20, 2020 | views : 123 | कैलाली - KLL

साउन ५, कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ ।  हराएको करिब १५० दिनपछि रानाको कङ्काल प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । रानाको पत्नी मनरुपा रा

Read More

अरनिको यातायात समितिका गाडी सञ्चालनमा

Posted on July 20, 2020 | views : 104 | सिन्धुपाल्चोक - SDP

साउन ५, सिन्धुपाल्चोक। बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् । गत चैत ११ गते लागु भएको लकडाउनपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् । कोरोनाको सङ्क्रमणको त्रासले समस्या उत्पन्

Read More

कतार कोरोनालाई जित्दै सुधार उन्मुख तर्फ

Posted on July 20, 2020 | views : 487 | काठमाडौँ - KTM

योगेन्द्र योगी | साउन ५, दोहा | कतारमा कोरोना संक्रमण न्यून हुँदै गएको छ । आइतबार ३४०  नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ६ हजार ६ सय ४८ पुगेको छ । आइतबार ३५४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ३ हजार ३ सय ७७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जन

Read More

विश्वमा कोरोना भाइरस संक्रमणबाट ६ लाख ८ हजारको मृत्यु, कुन देशका कति ?

Posted on July 20, 2020 | views : 273 | काठमाडौँ - KTM

साउन ५, जेनेभा। (रासस/एएफपी)। विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार  ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमित मध्ये हाल

Read More

सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट बन्द

Posted on July 20, 2020 | views : 224 | काठमाडौँ - KTM

साउन ५, काठमाडौं । सेयर बजारमा पुनः दोस्रो सर्किट लागेको छ । बजार खुलेको २५ मिनेटमा ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बजार बन्द भएको छ । सेयर कारोबार खुले लगत्तै नेप्से परिसूचक ७४.०२ अंकले बढेर परिसूचक १५५३.०५ बिन्दुमा पुगेको छ । पहिलो सर्किट लागेर २० मिनेट बन्द भएपछि बजार खुलेको केही मिनेटमा नै दोस्

Read More

सुनचाँदीको मूल्य घट्यो, आज मूल्य कति ?

Posted on July 20, 2020 | views : 384 | काठमाडौँ - KTM

साउन ५, काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँ

Read More

सोमबारको मौसम पूर्वानुमान के छ ?

Posted on July 20, 2020 | views : 274 | काठमाडौँ - KTM

साउन ५, काठमाडौं। अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।  मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क

Read More

झापामा अपराधका घटनामा कमी

Posted on July 20, 2020 | views : 126 | झापा - JP

साउन ५, सुरुङ्गा । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । आर्थिक

Read More