बीमा समितिमा उप-निर्देशक देखि सहायक प्रथम सम्मको लागि विज्ञापन खुल्यो

Posted on: 26 Oct, 2018

कात्तिक ९, काठमाडौँ । बीमा समितिले नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशन गरेको छ । समितिले विभिन्न पदका लागि आन्तरिक र खुला समावेसी माध्यमबाट पदपूर्ति गर्नेगरी १६ जनाको माग गरेको छ ।  

समितिले निर्देशक पदको लागि १ जना, उप निर्देशक पदको लागि एक जना र सहायक निर्देशक पदको लागि एक जना आन्तरिक प्रतियोगिता मार्फत छनौट गर्ने जनाएको छ । त्यस्तै गरि उप निर्देशक पदमा कानून अधिकृत १ जना,  प्रसाशन तर्फ सहायक निर्देशक पदमा  खुला २ जना, महिला, मधेसी र दलित १ जनाको लागि विज्ञापन गरेको छ । खुला र महिला  १/१ जना चार्टर एकाउन्टेन्ट पदमा लेखा अधिकृत माग गरेको छ । 

त्यस्तै गरि कानून तर्फ सहायक निर्देशक पदको लागि खुला महिला र दलित १ जनाको विज्ञापन गरेको छ । जसका लागि कानून विषयामा कम्तिमा स्नाकोत्तर तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । सहायक प्रथाम तर्फ खुला र दलितको लागि १ /१ जनाको विज्ञापन गरेको छ । जसमा आवेदन दिनको लागी कुनै पनि विषयमा कम्तिमा स्नातक उपाधि पाएको हुनुपर्ने समितिले जनाएको छ ।  यी पदहरुमा आवेदन दिनका लागि मङ्सिर ८ गतेसम्म म्याद तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मङ्सिर १५ सम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।

विज्ञापन हेर्नुहोस : 

यस बिषयमा तपाइको प्रतिक्रिया...!