आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

Posted on: 23 Jun, 2021

असार ९, काठमाण्डौं। आइएमई लाइफ इन्स्योरेन्सले मार्केटिङ तथा सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका लागि उक्त पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश नम्बर १ को राजारानी, विराट चोक, खोटाङ, दुई नम्बर प्रदेशको राजविराज, कञ्चनपुर (राजविराज), महोत्तरी, सिराहा, बागमती प्रदेशको न्यू रोड, स्वयम्भु, भैसेपाटी, कालीमाटी, जोरपाटी, पेप्सीकोला, सुन्दरीजल, चागुँनारायण, थानकोट, थली, साँखु, सूर्यविनायक, खुर्कोट (सिन्धुली), चौतारा (सिन्धुपाल्चोक), भकुण्डे बेँसी, चितवन, फापरवारी, मनोहरी, धादिङ बेँसी लगाएतका ठाउँमा कर्मचारी माग गरेको जनाएको छ ।

यस्तै, कम्पनीले गण्डकी प्रदेशको हेम्जा, विरौटा, बुर्तिवाङ, अबु खैरेनी, हुवास, लुम्बिनी प्रदेशको बर्दघाट, देवघाट, चन्द्रौटा, भालुवाङ, तुल्सिपुर, तौलिहवा र रोल्पा, कर्णाली प्रदेशको बाँके, सुनसरी र सुदुर पश्चिम प्रदेशको सुखडाका लागि उक्त पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक व्यक्तिले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!