आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

Posted on: 09 Jul, 2021

असार २५, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले रोजगारीको अवसर खुलाएको छ । सार्वजनिक सूचनामार्फत् कम्पनीले १३ जनाभन्दा बढीको लागि रोजगारी दरखास्त आह्वान गरेको हो ।

कम्पनीले ६ पदमा उपत्यका बाहिर र भित्रका लागि दरखास्त आह्वान गरको छ । जसमा अफिसर, प्रोभिन्स हेड, असिस्टेन्ट र डेपुटी म्यानेजर, सिनियर र जुनियर मार्केटिङ अफिसरहरु र चिफ डिजिटल अफिसर माग गरिएको छ ।

माग गरिएको पदमा तोकिएको अनुभव र शैक्षिक योग्याता पुरा भएका इच्छुक आवेदकले साउन ७ गतेसम्म कम्पनीको आधिकारिक वेव साइटमार्फत् आवेदन दिन सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!