हुन्डाई र ग्लोबल आइएमई क्यापिटलमा जागिरको अवसर

Posted on: 11 Jul, 2021

असार २७, काठमाडौँ । अटोमोबाइल्स कम्पनी हुन्डाईले विभिन्न १३ वटा पदमा ४५ जनाको लागि रोजगारी खुलाएको छ । बिहिबार कम्पनीले सार्वजनिक सुचनामार्फत् काठमाडौं र भक्तपुर जिल्लाको लागि शोरुम म्यानेजरदेखि जुनियर अफिसरसम्मको लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले क्यानेजरमा शोरूम इन्चार्ज, सेल्स असिस्टेन्ट, मार्केटिङ अफिसर, मिडिया रिलेसन अफिसर, टेक्निसियन, सर्भिस एड्भाइजर, फाइनान्स एण्ड एकाउन्टेट अफिसर लगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

कम्पनीले तोकेको शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक आवेदकले साउन १ गतेसम्म कम्पनीको आधिकारीक वेव साइटमा आवेदन दिन सक्नेछन् । नेपालको लागि अटोमोबाइल्स कम्पनी हुन्डाईको आधिकारीक बित्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।


ग्लोबल आइएमई क्यापिटलमा रोजगारीको अवसर

ग्लोबल आइएमई क्यापिटलले विभिन्न ११ वटा पदमा रोजगारीको लागि आवेदन माग गरेको छ । जसमा ३ जना म्यानेजमेन्ट ट्रेनी, इन्भेटमेन्ट बैंकिङमा डिपाटेमेन्ट हेड र सुपरभाइजर, फाइनासियल एडभाजरको लागि १ जना जुनियर र १ जना सुपरभाइजर, रिर्सज डिपामेन्टमा १ जना म्यानेजर र २ जना सुपरभाइजर र डिपोजिटर पाटिसिपेन्टमा १ जना सुपरभाइजर माग गरेको छ ।

साथै, क्यापिटलले केही संख्यामा ट्रेनी असिस्टेन, इन्टरनल अडिट डिपामेन्टमा १ जना अफिसर र १ जना असिस्टेन, मार्केटिङमा १ जना म्यानेजर र १ जना सुपरभाइजर, एकाउण्डमा १ जना म्यानेजर, आरटीएस डिपाटमेन्टमा १ जना सुपरभाइजर र रिकन्सिलियसनमा १ जना सुपरभाइजर र १ जना असिस्टेन माग गरेको छ ।

तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेको इच्छुक आवेदकले असार ३१ गतेसम्म ग्लोबल आइएमई क्यापिटलको आधिकारीक वेवसाइट मार्फत् आवेदन दिनु सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!