प्रदेश २ लोकसेवाले माग्यो कर्मचारी, कुन पदमा कति छ कोटा ? (विज्ञापन सहित)

Posted on: 15 Jul, 2021

असार ३१, काठमाडौं। काठमाडौँ । लोक सेवा आयोग प्रदेश २ ले अधिकृत स्तर (प्राविधिक/अप्राविधिक) को विज्ञापन गरेको छ । प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन प्रकाशन गरेको हो ।

अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक/अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक/अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।

यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।

यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ । दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ । परीक्षाको मिति पछि प्रकाशित गरिने जनाइएको छ ।

हेर्नुहोस् विज्ञापन :


यस बिषयमा तपाइको प्रतिक्रिया...!