बीपी कोइराला क्यान्सर अस्पतालले माग्यो ६३ कर्मचारी (विज्ञापन सहित)

Posted on: 16 Jul, 2021

साउन १, काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा ६३ जना कर्मचारीको लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक सेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नागरिकहरूले दरखास्त दिन आह्वान गरेको हो ।

अस्पतालले चौथो, पाँचौं, सातौं, आठौं र नवौं तहसम्मका लागि कर्मचारी माग गरेको छ । योग्यता पुगेका विभिन्न इच्छुक नागरिकहरूले बीपी क्यान्सर अस्पताल, भरतपुर, चितवनको वेवसाइटबाट डाउनलोड गरी एफोर साईजको फोटोकपी पेपरमा प्रिन्ट/फोटोकपी गर्न सक्नेछ । साथै, सो फाराम अस्पताल, भरतपुर, चितवनको कार्यालयमा बुझाउनु पर्नेछ ।

अस्पतालले चौथो तहका लागि ३ सय रुपैयाँ, पाँचौं तहलाई ४ सय रुपैयाँ, सातौं र आठौं तहलाई १ हजार रुपैयाँ र नवौं तहलाई १२ सय रुपैयाँ परीक्षा दस्तुर तोकेको छ । त्यस्तै, एक उम्मेदावारले एकै पदको खुला तथा समावेशी सहभागी हुने भएमा प्रत्येक समुहको लागि २० प्रतिशत थप परीक्षा दस्तुर लाग्नेछ ।

अस्पतालका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्रसम्म दरखास्त दिन सक्ने जनाएको छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!