सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, कुन पदमा कति चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

Posted on: 15 Aug, 2021

साउन ३१, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि, मार्केटिङमा जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, ट्रेनि डेभलपमेन्ट अफसरका लागि केही, अन्डरराइटिङमा म्यानेजरका लागि एक जना, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर १ जना कर्मचारी माग गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, क्लेमका लागि जुनियर अफिसर १ जना, एग्रिकल्चर एण्ड माइक्रो इन्स्योरेन्सका लागि जुनियर अफिसर, टेक्निकल अफिसर, कम्प्लाइन्स र लिगल अफिसर १ जना, एचआरमा असिस्टेन्स २ जना, रिइन्स्योरेन्समा अफिसर, असिस्टेन्ट वा जुनियर असिस्टेन्ट १ जना, मार्केटिङ एण्ड कम्युनिकेसनका लागि एक जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा तथा उप शाखा कार्यालय तथा भविष्यमा खोलिने नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २०७८ भदौ ४ गते बैंकिङ सयमभित्र इन्स्योरेन्सको मेलमा दरखास्त दिन कम्पनीले आब्हान गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!