नेपाल पुनर्बीमा कम्पनीले माग्यो कर्मचारी (विज्ञापनसहित)

Posted on: 20 Aug, 2021

भदौ ४, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा २० जना कर्मचारीको लागि विज्ञापन प्रकाशन गरेको छ । कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म विभिन्न पदका लागि आवेदन माग गरेको हो ।

कम्पनीले खुला, समावेशी र आन्तरिक प्रतिष्पर्धाका आधारमा परिपूर्ती गर्ने गरी विज्ञापन खुलाएको हो । कम्पनीले खुलाएको विज्ञापनमा अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ । जसमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ भने दोब्बर दस्तुर तिरेर भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीका अनुसार पाँचौ तहका लागि ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ भने समावेशीमा प्रति समूहका लागि थप २ सय रुपैयाँ लाग्नेछ । त्यसैगरी छैटौं, सातौ र आठौं तहका लागि १ हजार रुपैयाँ आवेदन शुल्क र समावेशी समूहमा प्रतिसमूह थप ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ । कम्पनीले नवौं र दशौं तहका लागि आवेदन शुल्क १२ सय रुपैयाँ र समावेशीतर्फ प्रत्येक समूहका लागि थप ५ सय रुपैयाँ शुल्क लाग्ने विज्ञापनमा उल्लेख गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!