सुनिलस्मृतिमा १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण

Posted on: 07 May, 2021

वैसाख २४, रोल्पा | सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसुलेसन सेन्टर निर्माण गरेको छ । वडा नं. २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसुलेसन सेन्टर निर्माण गरिएको हो । विहिवार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, वडा नं. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले उक्त निर्माण भएको आइसुलेसन सेन्टरको अनुगमन तथा निरिक्षण गर्नुभएको हो । 


अनुगमन पछि उक्त आइसुलेसन सेन्टरमा थप आवश्यक पर्ने सामाग्रिहरु तत्काल उपलब्ध गराउने समेत अध्यक्ष घर्तीले बताउनुभएको छ । आवश्यक सामाग्रि तत्काल व्यवस्थापनका लागि गाउँपालिका स्वास्थ्य शाखालाई निर्देशन समेत गरिसक्नु भएको छ । 

कोरोना भाइरस बढ्दै गएमा र वेडको अभाव भएमा आइसुलेसन सेन्टरमा थप वेडको व्यवस्था समेत गर्ने अध्यक्ष घर्तीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!