रोल्पामा लडाकुकी घाइते महिला बलात्कृत

Posted on: 23 May, 2018

जेठ ९, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला बलात्कृत भएकी छिन्। 

पूर्व माओवादी लडाकूसमेत रहेकी निज महिला माओवादी युद्धमा अपांगता भएकी थिइन् ।

बोल्न नसक्ने तथा समेत हातखुट्टा नचल्ने अवस्थामा रहेकी महिलालाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ ।

घरमै बसिरहेको अवस्थामा अपांगता भएकी महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ ।

अभियुक्त कामीलाई जबर्जस्ती करणीअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!