यार्सागुम्बा टिप्न डोल्पा पुगेका रोल्पाका एक व्यक्ति मृत अवस्थामा फेला

Posted on: 18 Jun, 2018

टेकबहादुर शाही/असार ४, डोल्पा | डोल्पाको हिमाली यार्सापाटनमा रोल्पाका एक जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। डोल्पो बुद्ध गाउपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ बर्षिय कर्ण पुन मगरको गए राति ९ बजे तिर घाटि रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । रोल्पाको उवा घरभइ हाल चनौटा बस्दै आएका पुनमगरको हत्या भएको छ । 

यार्सागुम्बा टिप्नका लागि हरेक बर्ष यहि पाटनमा आउने गरेको मगरको गए राति हत्या गरिएको भेटिएको छ । डोल्पोबुद्ध गाउपालिकाको किम्जुङ पाटनमा उनको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । 

मृतक कर्ण पुनमगरका साथमा ७०÷७५ हजार नगद बाहेक अन्य कुनै पनि सामान नरहेको त्यसका साथै उनले बस्ने गरेको पाल भन्दा २५ देखि ३० मिटरको दुरिमा कुनै पनि अन्य पालहरु नभएको डिएसपी शर्माले जानकारी दिए । शर्माका अनुसार मगरको कसरी हत्या भयो भन्नेबारे अनुसन्धान तिव्र भइ रहेकोले अहिले नै भन्न नसिकने बताए ।

सञ्चारको कुनैपनि सुबिधा नभएको कारण राति १ बजे प्रहरी चौकि धोमा जानकारी आएको र तत्काल धो चौकिबाट सईको कमाण्डमा प्रहरी घटना स्थलमा पुगेको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार आजै बिहान सदरमुकाम दुनैबाट इन्सपेक्टरको कमाण्डमा थप प्रहरी पठाएको तर सदरमुकामबाट उक्त घटना स्थल सम्म पुग्न पूरै ३ दिन लाग्ने भएकोले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने बताए ।  

प्रहरी चौकि धोबाट घटना घटेको लेख सम्म जान ४ घण्टा भन्दा धेरै समय लाग्ने गरेको स्थानीयहरु बताउछन । भौगोलिक बिकटता र घटना घटेको स्थान निकै जोखिम भएको कारण शब ल्याउन समेत खठिन हुने भएको छ ।  

मृतकका आफन्तलाइ जानकारी गराइ सकेको र निम्न परिवारका भएका कारण शब बुझन आउन समेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक पन मगरका छोरा मुस्ताङमा रहेका र उताबाट आउदै गरेको जनाएको छ । शब पोष्मार्टमका लागि जिल्ला सदरमुकाम सम्म ल्याउनको लागि कम्तिमा पनि एक साता लाग्ने छ ।

कर्ण पुनमगर सामान्य यार्सा टिप्ने भएको कारण कसरि अउनको हत्या भयो भन्नेबारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ । परिवारको आर्थिक अबस्था कम्जोर भएको र भौगोलिक बिकटताले शब परिवारलाइ बुझन कटिन हुने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!