रोल्पामा बाली उपचार शिविर सम्पन्न

Posted on: 26 Mar, 2017

चैत १३, रोल्पा । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा बाल उदय मावि माडिचौरमा शनिबार बाली उपचार शिविर सम्पन्न भयो । 

जङ्कोट र कोटगाउँ गाविसका करिब चार दर्जन कृषकको उपस्थिति रहेको शिविरमा गहुँको कालोपोके, आलुको डढुवा र प्याजमा पर्ने धुसीको उपचार विधि सिकाइएको थियो । 

यसैगरी, ५० भन्दा बढी समस्या कृषकहरुबाट अघि सारिएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा धुसीनाशक र निमजनिया विषादी निःशुल्क वितरण गरिएको थियो । अन्य विभिन्न समस्या समाधानका लागि प्राविधिक सल्लाह सुझाव दिइएको थियो । 

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रोल्पा तथा केयुबिके कार्यक्रमका प्रविधिज्ञको उपस्थिति रहेको थियो । यसै आवमा कृषकको मागअनुसार जिल्लाका अन्य स्थानमा पनि शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!