ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

Posted on: 06 Apr, 2020

चैत २४, काठमाण्डौं | ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाण्डौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाउनुभएको छ ।  

मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाउनुभएको हो । 

मन्त्री पुनले पीपीई सेट मात्र १ सय १० थान पठाउनुभएको छ । पर्याप्त पीपीईको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् । यस्तै पञ्जा १ जहार  थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क १ हजार थानसमेत रोल्पा पठाइएको छ । 


 ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताउनुभयो । 

रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो । जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपतका समयमा मदतासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाउनुभएको हो । यसअघि पहिलो खेपमा मन्त्री पुनले नै पठाउनुभएको ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!