रोल्पामा नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ

Posted on: 04 May, 2017

बैशाख २१, रोल्पा । नेपाल कम्युनिष्ट पार्टीसंग आवद्ध दुई जना कलाकारलाई रोल्पाको सदरमुकाम लिबाङबाट बिहिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल पुन छन् । पक्राउ पर्ने अर्का एक जनाको नाम भने खुल्न सकेको छैन् । 

सांस्कृतिक कार्यक्रम देखाउँदै गर्दा दुबै जनालाई प्रहरी पक्राउ गरिएको जनाएको छ । यसभन्दा अघि सो पार्टीले जिल्लाका सुलिचौर र घर्तीगाउँमा सांस्कृतिक कार्यक्रम देखाइसकेको सो पार्टी रोल्पाका सदस्य सन्तोष सुवेदीले जानकारी दिनुभयो । 

शान्तिपूर्ण ढङ्गले आफ्नो कला प्रस्तुत गरिरहेका बेला सांस्कृतिक कार्यक्रम गर्न पाउने अधिकारमा समेत सरकारले हस्तक्षप गरेको भन्दै तुरुन्त रिहा गर्न सुवेदीले स्थानीय प्रशासनसँग आग्रह गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख रामप्रसाद घर्तीले भने सोधपुछका लागि उहाँहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!