रोल्पा थवाङ गाउँपालिका अध्यक्षलाई यस्ता तीन सर्त राखेर छाडियो

Posted on: 17 Sep, 2017

असोज १, काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलार्इ अपहरण गरेको करिब ४० घण्टापछि मुक्त गरिएको छ ।

थवाङ गाउँपालिकाको गाउँसभा रोक्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीलाई विहीबार राति ससुराली गाउँबाट अहपरण गरी लगेका थिए ।

थबाङको गाउँसभामा प्रचण्ड पनि आउने थाहा पाएपछि विप्लवकका कार्यकर्ताले घर्तीलाई अपहरण गरी लगेका थिए । वीरबहादुरको अपहरण भए पनि प्रचण्ड शनिबार हेलिकोप्टरमा थबाङ पुगेर राजधानी फर्किसकेका छन ।

शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ प्रमुख अतिथि बनाएर गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा गाउँसभा सकिएपछि घर्ती सकुशल मुक्त भएका हुन् ।

शनिवार साँझ ७ बजेको समयमा स्थानीय पत्रकारको रोहबरमा थवाङ र सदरमुका लिवाङको सिमाना भनभने भन्ने स्थानाबट घर्ती मुक्त भएका हुन् । घर्तीलाई स्थानीय पत्रकारको जिम्मा लगाएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घर्ती अपहरणको जिम्मेवारी नेकपाले लिएको थियो । विप्लवका कार्यकर्ताहरूले घटनाको जिम्मेवारी लिँदै आफ्नो अनुमतिबिना गाउँसभा गर्न लागेकाले अपहरण गरिएको जनाएका छन् । 

उनलाई अपहरण मुक्त गरेपछि एक विज्ञाप्ति मार्फत जिल्ला जन परिषद रोल्पाका संयोजक लाल बहादुर वलीले भनेका छन् - 'देशम यति बेला नेपाली जनताको जनसत्ता र दलाल संसदिय ब्यबस्थाले नेपालीजनता बिरुद्ध जबरजस्ती थुपारीएको दलाल सत्ता बिच संघर्ष चलिरहेको छ । यसै सन्दर्भमा नेपाली जनता र शहिदहरुलाई समेत घात प्रतिघात गदै प्रचण्ड स्वयमबाट थबाङको स्थानिय सत्तालाई चुनौति दिन थवाङ गाउँपालीकाको कथित गाउँसभा उदघटन गर्न जानु निकै गम्भीर कुरो हो । क्रान्तिकारी जनतालाई अपमानित गदै जबरजस्ती संसदिय ब्यबस्था थुपार्नुले स्थानिय जनताले थवाङ गाउपालीका अध्यक्ष श्री बिर बहादुर घर्तिलाई सोधपुछको लागी आपनो नियण्त्रणम लिएका थिए । अध्यक्ष बिर बहादुर घर्तिलाई आबश्यक सोधपुछ र कोही सर्त सहितस्थानीय जनता,पत्रकार काँसिराम डाँगी र खिम बहादुर बुढाको रोबरमा छोडिएको छ ।' 

साथै अपहरण मुक्त गरिएपछी  जिल्ला जन परिषद रोल्पाले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाइ निम्न सर्तहरु राखेर छाडेको जनाएको छ । 

१) जनताको अनुमति बिना कुनै काम नगर्ने ।

२) क्रान्तिकारी शक्ति बिरुद्ध झुट्टामुद्धा नथुपार्ने ।

३) थवाङका जनताको अपमान हुने प्रकारका सभा नराख्ने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!