महरा, पुन र ओनसरी घर्तीलाई लक्षित गरी बम विस्फोट

Posted on: 17 Nov, 2017

मसिर १, रोल्पा  । रोल्पामा माओबादी केन्द्रका नेता कृष्ण बहादुर महरा, बर्षमान पुन र सभामुख ओनसरी घर्ती मगर लगायतका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ ।

सभामुख घर्ती र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो । उनीहरू फरकफरक गाडीमा सवार थिए ।

लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट  बम प्रहार भएको हो । नेताहरुको सुरक्षामा रहेका सशस्त्र प्रहरीले जवाफी फयार गरेका थिए । करिब तीन राउण्ड गोली चलेको बताइएको छ ।  

घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । सभामुख घर्ती लगायत बर्षमान र महरा कार्यक्रम आयोजना गरिएको लिवाङमा पुगिसकेका छन् ।   

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!