सुकिदह गाउँपालिका प्रमुख खत्रीसंग दुईवटा नागरिकता भएको खुलासा

Posted on: 27 Jan, 2018

माघ १३, काठमाण्डौँ । सुकिदह गाउँपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्री संग २ वटा नामका, २ वटा नागरिकता रहेको खुलासा भएको छ । 

स्थानीय हरि बहादुर पुनले गाउँपालिका अध्यक्ष खत्री संग २ वटा नामका, २ नागरिकता रहेको दाबी गर्दै ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा छानबिनका लागि उजुरी दिएपछि, यो कुरा एकाएक बाहिर आएको हो ।

स्थानीय पुनले दिएको उजुरीमा भनिएको छ ‘बिर बहादुर खत्रीले जिल्ला प्रशासन कार्यालय रोल्पामा किर्ते कागजात पेश गरेर अर्काको नामबाट नागरिकता लिएका छन’ ।

उजुरी कर्ता हरि बहादुर पुनले पेश गरेको उजुरीका आधारमा पठु खत्रीका पाँच भाई छोराहरु हुन । भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी हुन । बिर बहादुर (साईला) को ०४० सालमा मृत्यु भयो । भाईको मृत्यु पच्यात भिउदे हालका बिर बहादुरले तत्कालिन पाखापानी गाउँ पञ्यातमा नागरिकता बनाउन खटिएका टोलीलाई झुक्याएर मृत्यु भएका भाईको नामबाट नागरिकता लिएको तथ्य खुलेको छ ।

सामान्यता एक ब्यक्तिको एउटै नागरिकता हुन्छ । तर बिर बहादुर (भिउदे)ले भाईको नामबाट समेत नागरिकता लिएका छन । उनले जिल्ला प्रशासन कार्यालयको रेकड अनुसार २ बटा नाममा २ बटा नागरिकता लिएको पाईएको छ ।

उनले भिउदे खत्रीको नामबाट ०४२ मंसिर १० गते, ३८९२ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय रोल्पाबाट प्राप्त गरेका छन । सो नागरिकतामा उनको जन्ममिति २०४४ साउन १४ गते उल्लेख रहेको छ ।

हालका बिर बहादुर अर्थात भिउदेले मृत्यु भएका साईला भाई बिर बहादुरको नामबाट २०४६ साल बैशाख १५ गते बिर बहादुर खत्रीको नाममा २०२७ साल भदौँ १ गतेको जन्ममिति राखेर १८६ नंम्बरको नागरिकताको प्रमाण पत्र टोली मार्फत लिएका हुन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!