रोल्पामा मतपत्रमा एसिड खन्याइयो, मतदान स्थगित

Posted on: 28 Jun, 2017

असार १४, काठमाडौं । रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । 

रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा चारवटा मत पत्र जलाईएको छ । मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन्  । अहिले उक्त स्थान तनावपूर्ण बनेको र मतदान समेत रोकिएको उनले जानकारी दिए ।

एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!