रोल्पामा दशै विशेष सांस्कृतीक तथा चिठ्ठा उपहार कार्यक्रम हुने

Posted on: 04 Sep, 2017


भदौ १९, रोल्पा । रोल्पाको त्रिवेणि गाउँपालिकामा दशै विशेष सांस्कृतीक तथा चिठ्ठा उपहार कार्यक्रम हुने भएको छ । वडा दशै २०७४ को अवसरमा सयपत्री युवा क्लव रोल्पाले त्रिवेणि गाउँपालिका वडा नम्बर ३ लिङदुङमा आगामी असोज १० गते कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम संयोजक अर्जुन ओलिका अनुसार उपहार कार्यक्रम अन्तर्गत दुइ लाख ४० हजार मुल्य बराबरको एक सय ५० सीसीको पल्सर मोटरसाइकल एक जनालाइ, ल्याप्टप एक जनालाइ, क्यामेरा, ग्यालेक्सी मोवायल, सोलार सेट एकएक जनालाइ प्रदान गरिने छ । यस्तै नगद १० हजार, सिलिण्डर ग्याँस, राईस कुकर, कुकर प्रेसर एकएकजनालाइ प्रदान गरिने पनि उनले जनाए ।

यसका साथै अन्य विभिन्न उपहार पनि प्रदान गरिने छ । अहिले टिकट वितरणको काम चलिरहेको तथा एक टिकटको मुल्य तीन सय रहेको कार्यक्रम संयोजक ओलीले जनाए ।

उपहार टिकट लिएका व्यक्तिलाइ सांस्कृतीक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पनि उनले जनाएको छन् । सांस्कृतीक कार्यक्रममा कमल गाउँले, तीलक ओली, शक्ति चन्द, भुमिका गिरी, एम टी महर, अपेक्षा वस्याल, राजेन्द्र बजगाइ कलाकारहरु आउने कार्यक्रम रहेको ओलीले जनाएका छन् ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!