रोल्पामा चुनावी प्रचार तीव्र बन्दै

Posted on: 07 Nov, 2017

कात्तिक २१, रोल्पा (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी रोल्पाका राजनीतिक दलले प्रचारात्मक अभियानलाई तीव्र बनाउँदै लगेका छन् । 

प्रतिनिधिसभामा नेपाली काँग्रेसले जिल्ला पार्टी सभापति समेत रहनुभएका सिँचाइ राज्यमन्त्री अमरसिं पुनलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता वर्षमान पुन उम्मेदवार हुनुहुन्छ । प्रदेशसभामा नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं क मा शेरबहादुर महरा र ख मा खगेन्द्र हमाल प्रतिस्पर्धी बन्नुभएको छ भने वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं क मा कुलबहादुर केसी र ख मा दीपेन्द्र पुन प्रतिस्पर्धी हुनुहुन्छ । वाम गठबन्धनका दुवै उम्मेदवार नेकपा माओवादीका नेता हुनुहुन्छ । 

जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने बताइन्छ । दुई गठबन्धका साथै राष्ट्रिय जनमोर्चा, एकीकृत राप्रपा राष्ट्रवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र मंगोलन नेशनल अर्गनाइजेशन नेपालका उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!