कानून कार्यान्वयनमा अडिग रहने छु: प्रनाउ फुयाल

Posted on: 08 Nov, 2017

कविता उपाध्याय//कात्तिक २२, रोल्पा । केहीदिन अगाडिमात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पामा आउनु भएका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले अनावश्यक दवाद र सिफारिस नगर्न सरोकारवाला सबैसंग अनुरोध गर्नुभएको छ । 

उहाँले भन्नुभयो “अनावश्यक दवाद र सिफारिसले तीतो अनूभुति गर्नुपर्छ । त्यसैले तपाईहरु निश्पक्ष रुपमा कामगर्ने वातावरण तयार गरिदिनुस् कानून कार्यान्वयनमा म अडिग रहने छु ।” जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा  प्रहरी परिषरमा आज विहान भएको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो अनुरोध गर्नुभएको हो । 


प्रनाउ फुयालले सफा मनले काम गर्दा सबैको सहयोग र सद्भाव पाइने भएको हुँदा आफू तटष्थ रुपमा काम गर्ने लक्ष्यका साथ रोल्पा आएको बताउनु भयो । यसैवीच उहाँले भन्नुभयो “आगामी निर्वाचनसम्म त्यसमै केन्द्रित हुनुपर्ने बाध्यता छ । 

त्यसपछि सरोकारवालाहरुसंग संगै बसेर स्थानीय आवश्यकता अनुसार योजना बनाएर अघि बढ्ने मेरो योजना छ । यसमा तपाइहरुको साथ र सहयोगको खाँचो हुनेछ” उहाँले जिल्लाको विकासमा जनतासंग प्रहरी भन्ने नारालाई सार्थक बनाउदै अघि बढ्ने चाहना राखेको पनि जानकारी दिनुभयो । 

करिव १५ वर्षअघि जिप्रका रोल्पामा प्रहरी निरिक्षकको रुपमा काम गरेको स्मरण गर्दै फुयालले जिल्लामा विकासले दु्रत गतिमा फड्को मारेको बताउनु भयो । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सक्रिय उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!