रोल्पामा आफ्नै बाबुले गरे छोरी र २ नातिनीको हत्या

Posted on: 11 Nov, 2017

कात्तिक २५, रोल्पा । रोल्पामा बाबुले आफ्नै छोरी र दुई नातिनीको बञ्चरो प्रहर गरि हत्या गरेका छन् ।

प्रहरीका अनुसार रोल्पा नगरपालिका—७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको हत्या गरेका हुन् ।

उनले २५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

छोरी पबावती बिरामी बाबुलाई भेट्न तीन दिनअघि मात्रै माइत आएकी थिइन । माइत आएकी छोरी र नातिनीहरुको हत्या भएपछि गाउँ पूरै शोकमा डुबेको छ ।

पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँच्न सफल भएका छन । पत्नी र छोराको समेत हत्या गर्न तम्सिएका थिए । ‘ आमाछोरा मुश्किलले भागेर बाँच्न सफल भयौं ।’, कहालिदै हत्या आरोपी लिलबहादुरका पत्नी तिर्था भन्छिन् । 

आफ्नै सामुन्नेमा छोरी र नातिनीको हत्या देखेकी आमा र छोरा विक्षिप्त बनेका छन् । परिवार र छिमेकीका अनुसार लिलबहादुरको वेलावेला मानसिक असन्तुलन हुने गरेको थियो । गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि बेलाबेला मानसिक असन्तुलन हुँदै आएको पारिवारिक स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!