पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको फागुन ४ गते पत्रकारिता बहस

Posted on: 12 Feb, 2018

मनिषा राई  | माघ २९, रोल्पा | नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले फागुन ४ गते पत्रकारिता बहस गर्ने भएको छ । रोल्पा जिल्लाको वर्तमान पत्रकारिता र आगामी कार्य्दिशाका सन्दर्भमा अन्तर संवाद कार्यक्रम गर्ने पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकले जानकारी दिनुभयो ।

रोल्पाको पछिल्लो पत्रकारिताको समीक्षा गर्ने र आगामी दिनमा रोल्पाको पत्रकारिताको सुधारका लागि छलफल गर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिब जीवन डाँगीले जानकारी दिनुभयो ।

रोल्पाको वर्तमान पत्रकारिताको समीक्षा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्बअध्यक्ष खेम बुढामगरले गर्नुहुनेछ भने आगामी कार्य्दिशाका सन्दर्भमा महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगीले गर्नुहुनेछ । संवाद कार्यक्रममा जिल्ला स्थीत बिभिन्न मिडिया संचालक समितिका पदाधिकारी तथा संचारकर्मीहरुलाई सहभागिता लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!