खगेन्द्र जन प्राविका प्रधानाध्यापक ओलीको बिदाई (फोटोफिचर)

Posted on: 13 Feb, 2018

फागुन १ रोल्पा । रोल्पामा रहेको एक विद्यालयमा लामो समयदेखि अध्यापन गराउंदै आएका शिक्षकलाई विदाई गरिएको छ । 


जिल्लाको सुकिदह गाउँपालीका ३ झ्यामडाँडा रहेको श्री खगेन्द्र जन प्राविका प्रधानाध्यापक प्रबिन कुमार ओलीलाई सोमबार एक कार्यक्रमकाविच विदाई गरिएको हो । 

वि.सं. २०६९ जेठ ३ गतेदेखि कार्यरत उनि सुकिदह १ बिबाङचौरमा रकेको जनता आधारभुत विद्यालयमा करार शिक्षकमा नाम निकालेर सरुवा भएपछि विदाई गरिएको हो । 


अहिले खगेन्द्र जन प्राविमा प्रधानध्यापको जिम्मेवारी महेन्द्र प्रकाश केसीलाई दिएको छ । विद्यालयलाई सुकिदह ३ का वडा अध्यक्ष जलेस कुमार केसिले फन्डमा १० हजार सहयोग गरेका छन् । 

विदाई कार्यक्रममा वडा अध्यक्ष जलेस कुमार केसिको प्रमुख आथित्यता रहेको थियो । अतिथीहरुमा लाल बहादुर ओली, प्रेम बहादुर ओली, कमला ओली, दिपा कुमारी ओली लगायतको रहेको थियो ।  


बिब्यस अध्यक्ष शुरबिर वलीको सभापतित्वमा र महेन्द्र प्रकाश केसीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!