रोल्पामा एनसेलको टावरमा बम विस्फोट

Posted on: 13 Feb, 2018

फागुन १, रोल्पा । रोल्पामा एनसेलको टावरमा गयराति बम विस्फोट भएको छ । 


माडी गाउँपालिका  वडा नम्बर ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा सोमबार राति करिव १२ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार विष्फोटबाट टावरमा  क्षति पुगेको छ । स्थानीयबासीहरूका अनुसार मध्यरातमा विष्फोटको ठूलो आवाज सुनिएको थियो । 

विष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । घटना बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!