रोल्पामा ट्र्याक्टर दुर्घटनामा परि दुईको मृत्यु

Posted on: 14 Mar, 2018

फागुन ३०, रोल्पा | आज दिउँसो रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ नं को ट्र्याक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको थियो । 

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!