अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा घर्ती परिवारलाई १५ लाख रकम हस्तान्तरण

Posted on: 06 Aug, 2018

साउन २१, काठमाडौँ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले ‘दिल बहादुर बचाउ अभियान’ मार्फत संकलन गरेको रकम साउदी जेलमा रहेका दिल बहादुर घर्ति परिवारलाई बुझाएको छ शनिबार चर्चित इन्द्रेणी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेख प्रसाद रोकाले पिडित परिवारलाई १५ लाख रकम हस्तान्तरण गरेका हुन् ।


महासचिव रोकाले दिल बहादुर बचाउ अभियान मार्फत २१ लाख ६३ हजार ७ सय ४० उठेको रकम मध्यबाट दिल बहादुर घर्ति उद्दारका लागि १५ लाख पिडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

बाँकी रहेको ६ लाख ६३ हजार ७ सय ४० अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज अन्तर्गत ‘मानव कल्याणकारी कोष’ निर्माण गरि उक्त रकम कोषमा जम्मा गर्ने र सोहि रकम बिपतमा परेका मानवहरुको संरक्षण तथा उद्दारका लागि प्रयोग तथा उपयोग गर्ने रोकाले जानकारी दिए ।

रोकाले देश तथा बिदेशबाट आफ्नो पसिनाको केहि हिस्सा छुट्याएर आफुहरुको यो सामाजिक आभियानलाई साथ दिने सम्पूर्ण नेपालीलाई धन्यबाद समेत दिएका छन् ।

यस्तै दिल बहादुरकि श्रीमती मोनिका घर्तीले देश तथा विदेशमा रहेका नेपालीले आफ्नो एक छाक कटाएर भए पनि आफ्नो श्रीमानको उद्दार गर्न सहयोग गरिदिएकोमा सम्पूर्ण सहयोगी मनहरुलाई धन्यबाद दिएकी छन ।

मोनिकाले आफ्नो श्रीमानको उद्दारका लागि रकम पुगिसकेको बताउदै बाँकी रहेको रकम आफूजस्तै दुख पाएकाहरुलाई सहयोग गर्ने वताएकि छन ।

‘इन्द्रेणी’ कार्यक्रमका प्रस्तोता कृष्ण कंडेलले यस्ता उद्दारका कुराहरु दैनिक १० भन्दा बढी आउने गरेको र आफु एक्लैले यस्ता कुराहरु थेग्न नसक्ने भएकाले यी कुराहरु सरकारले जिम्मा लिनुपर्ने बताए ।

प्रदेशिने नेपालीहरुलाई नेपाल सरकार र त्यस अन्तर्गतका दुताबासले सम्बन्धित देशको नियम कानुनबारे जानकारी दिने व्यवस्था गरिदिए राम्रो हुने कडेलले बताए ।

यसैगरि दिल बहादुर उद्दार अभियानका मूल समिति संयोजक दिपेश पुनले रोल्पाबाट विभिन्न देशमा गएका रोल्पालीहरु गोलबन्द भएर ‘अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज’ स्थापना गरेर सामाजिक काममा लागेका रोल्पालीहरुलाई बिशेष धन्यबाद दिए । उनले दिल बहादुर उद्दारमा देश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण नेपालीलाई धन्यबाद पनि दिएका छन् ।

दिल बहादुर उद्दारका लागि करीव ७०/७५ लाख रकम उठिसकेको जानकारी दिँदै संयोजक पुनले आजैका मितिदेखि रकम उठाउन बन्द गर्न सम्पूर्ण संघ सस्था र सहयोगी मनहरुलाई आग्रह समेत गरेका छन् ।

दिल बहादुर उद्दार गर्न चाहिने भन्दा धेरै रकम उठिसकेको जानकारी दिँदै उनले भने- ‘हामीलाई चाहिने भन्दा बढी रकम उठिसकेको छ, अब कुटनैतिक तरिकाले छिटोभन्दा छिटो घर्तीलाई नेपाल झिकाउन पहल गर्दैछौ’, । त्यसका लागि सम्पूर्ण तयारीका साथ आफुहरु अगाडी बढेको पुनले जानकारी दिए ।

उनले अबको केहिदिनमा दिल बहादुर उद्दारको लागि रकम उठाउने काम बन्द गर्न औपचारिक जानकारी दिन र उठेको सम्पूर्ण रकमबारे पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने बताए ।

हाम्रो संस्थाको बारेमा भ्रम सिर्जना गर्न खोजियो: महासचिव रोका

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेख प्रसाद रोकाले आफुहरुले सामाजिक सेवाका लागि स्थापना गरेको संस्थाबारे विभिन्न भ्रम छर्ने दुष्प्रयास गरिरहेकाले त्यस्ता भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले सदैब आर्थिक पाटोलाई पारदर्शी बनाउने जानकारी दिँदै रोकाले भने- ‘केहि साथीहरुलाई यो संस्थाले आर्थिक हिनामिना गर्छ कि भन्ने डर रहेछ, उहाँहरुलाई म त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,’ ।

रोल्पाली साथीहरु नै आफुहरुको सामाजिक संस्थाबिरुद्द सामाजिक संजालमा कुरा नबुझेरै गलत तरिकाले टिप्पणी गरिरहेको महासचिव रोकाको दुखेसो छ ।

बिदेशमा भएका रोल्पाली साथीहरुको बुझाइमा कमि भएको भन्दै रोकाले भने- ‘त्यसरी बिरोधको नाममा बिरोध गरेर कसैलाई फाइदा हुँदैन, आउनुहोस सम्पूर्ण रोल्पाली एक हौ, रोल्पाको विकास सँगसँगै देश बिकासमा लागौ,’ ।

उनले सामाजिक संजालबाट रोल्पालीको अनावश्यक बेज्ज्त नगर्न आग्रह गर्दै छलफल र सहकार्यबाट अगाडी बढ्न सुझावसमेत दिएका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका कोषाध्यक्ष नेब बहदुर पुन, समाजका सदस्य सुन बहादुर बुढा र चर्चित लोक गायिका तथा दिल बहादुर उद्दार अभियान मूल समिति सदस्य राधिका हमाल सहितका कलाकारको उपस्थिति रहेको थियो ।

रोल्पा धवाङका ३० बर्षिय दिलबहादुर घर्तिले चलाएको ट्रकको ठक्करले एक साउदी स्थानीय नागरिकको ज्यान गएपछि साउदीको उच्च अदालतले २ लाख २५ हजार रियल (करिब ६५ लाख नेपाली रुपैयाँ) ब्लडमनी तिर्नुपर्ने फैसला गरेको थियो ।

घर्ति रोजगारीको शिलशिलामा २०७२ साल माघ १८ गते साउदी पुगेका थिए । ट्रक दुर्घटनापछि दिलबहादुर २०७३ जेठ ३० गते जेल परेका थिए ।

त्यसपछि घर्तीको उद्दार गर्न देश तथा बिदेशमा रहेका संघ सस्था र नेपालीहरुले दिल बहादुर उद्दार अभियान सुरु गरि रकम संकलन सुरु गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!