रोल्पामा १५ वर्षीय किशोरबाट ६ वर्षिया वालिका बलात्कृत

Posted on: 01 Sep, 2018

भदौ १६, रोल्पा । कञ्चन्पुरको घटना सेलाउन नपाउँदै रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। पूर्वी रोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ। बालिका आफन्त पर्ने १५ बर्षीय किशोरबाट बलात्कृत भएकी छिन्।

उनले बालिकालाई कतै नभन्न भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएको कतै भनेकी थिइनन्। बालिकाका आफन्तका अनुसार बलात्कार भएकी बालिका केही दिनदेखि बिरामी पर्न थालेकी थिइन। शुक्रबार छोरी धेरै बिरामी भएपछि उनकी आमाले उपचारका लागि छिमेकि जिल्ला प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री पु-याइएकी थिइन्। उनलार्इ अस्पताल लगिएपछि उनी बलात्कृत भएको खुलेको थियो।

त्यसपछि बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। किशोर यतिबेला प्रहरी हिरासतमा छन् भने उनले अपराध स्वीकारेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!