रोल्पा ,प्युठान र भालुवाङ्ग सम्म अब र्याफ्टिङ्गमा ओहर-दोहर

Posted on: 09 Oct, 2018

प्रेम सुनार | असोज २३, बुटवल । रोल्पाको लुङग्री खोलामा सोमबार देखि र्याफ्टिङ्ग सेवा सुरु भएको छ । उक्त सेवाको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन – अनन्त ) ले उद्घाटन गरेका हुन । रोल्पकोको सुनिल स्मृति गाउँपालिका र कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिको साँझेदारीमा र्याफ्टिङ्ग सेवा सुरु गरिएको हो ।

त्यसले पर्यटन प्रवर्धनमा महत्व पुर्ण भुमिका खेल्ने मन्त्री पुनको भनाई छ  । उनले रोल्पाको जलजला क्षेत्र पनि  एक भएको चर्चा गर्दै  जलजला पुग्ने बाटो मै र्याफ्टिङ्ग भए पछि थप आकर्षक गन्तव्य हुनेमा आशावादी भएको बताए ।  उक्त र्याफ्टिङ्ग सेवा रोल्पाको सुलिचौरबाट सुरु भई प्युठानको भिङग्री हुँदै दाङ्गको भालुवाङ्ग  सम्मको गन्तव्य गराउने गरी काम अगाडी बढाईएको छ  ।

मुख्य कार्यालय सुलिचौरमा रहने भए पनि खुङग्री चतुर्भुनमा बेस क्याम  रहने छ , स्वर्गद्धारी नगरपालिकामा सेल्स कार्यालय राखिने छ , माण्डवी गाउँपालिका देविस्थान अरङखोलामा वेक क्याम्प र राप्ती गाउँपालिका भालुबाङ्गमा अन्तिम स्टेशन रहने  गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!