दाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने रोल्पाका पुन पक्राउ

Posted on: 01 Nov, 2018

कात्तिक १५, दाङ | असोज २३ गते दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने आरोपी पक्राउ परेका छन् | रोल्पामा रिचार्ज विक्री गरिरहेको अवस्थामा  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाका दलबहादुर पुन रहेका छन् | पुन घटनाको २१ दिनपछि पक्राउ परेका हुन् ।


पुनले दाङबाट चितवन लैजादै गरेको १७ लाख रूपैयाँ बराबरको नेपाल टेलिकमको रिजार्ज कार्ड भालुवाङमा बाटोमै चोरी गरेका थिए।

प्रहरी उपरीक्षक कृष्णहरी शर्माका अनुसार पुनले चोरी गरेका कार्ड रोल्पाको थवाङ गाउँपालिका- २ अन्तर्गतका क्षेत्रमा वेचविखन गरीरहेका थिए।

अनुसन्धानमा चोरी गरेका रिचार्ज कार्ड प्युठानको स्वर्गद्वारीमा रहेको पुनको ससुराली घरमा लुकाएको अवस्थामा बरामद भएको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!