सभामुख महराको २३ वर्षपछि आफ्नै घरमा टीका लगाए

Posted on: 09 Nov, 2018

कात्तिक २३, रोल्पा (रासस) | सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाउनुभएको छ । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाउनुभएको हो । 

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाउनु भएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाउनुभएको हो । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन । 


सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!