रोल्पामा आफैले चलाएको गोली लागेर २२ वर्षीय युवकको मृत्यु

Posted on: 07 Feb, 2019

माघ २४, रोल्पा | रोल्पामा आफैले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढा रहेका छन् । 

रोल्पाका डीएसपी दिपक खड्काका अनुसार घरमा कोही नभएको बेला युवकले गोलि चलाएका थिए । बुढाले किन गोली चलाए भन्नेबारेमा केही नखुलेको डीएसपी खड्काले बताउनुभयो ।

भरुवा बन्दुकले बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!