रोल्पामा मुख्यमन्त्रीलाई तर्साउन ‘बम’ विस्फोट !

Posted on: 29 Apr, 2019

बैशाख १६, काठमाडौं ।  रोल्पामा अज्ञात समूहले बम बिस्फोट गराएको छ । समुहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलाेमिटर पर ‘बम’ विस्फोट गराएका हुन् । 

 नेकपाको राेल्पा जिल्ला कमिटीकाे कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु भएको ५ मिनेटपछि विस्फोटको आवाज आएको थियो । 

जिल्ला प्रहरी कार्यालय राेल्पाका डीएसपी दीपक थापाले विस्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिए ।

उनले कार्यक्रमस्थलबाट धेरै टाढा विस्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिए । कार्यक्रमस्थलसम्म विस्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!