रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

Posted on: 19 May, 2020

जेठ ६, लिवाङ । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् ।

आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।

उनको मृत्यु भएसँगै उनमा कारोना संक्रमणको आशंका गरिएको थियो । 

त्यससँगै उनको आरडिटी परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको थियो । त्यसपछि स्वाब संकलन गरि पिसीआर परीक्षणको लागि पठाइएको थियो । सोमवार साँझ उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!