कोरोनाका कारण रोल्पाका एक पुरुषको बाँकेमा मृत्यु

Posted on: 08 Nov, 2020

कार्तिक २३, रोल्पा | रोल्पाका ५६ वर्षीय पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ | जिल्लाको लिबाङ नगरपालिका वडा नं. ४ का ती पुरुषको गएराति १२ : १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। 

उनी बिगत एक वर्षदेखि जन्डिसको विरामी रहेको पारिवारिक स्रोतले जनाएको छ | उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो | मृतकको शवको व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको केका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए |

यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ। जसमा ३५ जना बाँकेका र २९ जना बाहिरी जिल्लाबाट उपचारका लागि गएकाहरू रहेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!