लागूऔषध: रोल्पाका ओलीसहित रुकुमका २ जना दाङबाट पक्राउ

Posted on: 05 Jun, 2018

जेठ २२ दाङ | अवैध लागूऔषधसहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम ओली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन्।

उनीहरुको साथबाट ५ केजी २ सय ग्राम अफिम बरामद गरिएको छ। घोराही उपमहानगरपालिका–१५ मा अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश नं ५ को प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालय, दाङबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!