रुकुमका द्वन्द्वपीडितलाई तरकारी खेतीका लागि अनुदान

Posted on: 11 Mar, 2017

फागुन २८, रुकुम । द्वन्द्वपीडित व्यक्तिलाई व्यावसायिक कृषि पेसामा संलग्न गराउनका लागि जिल्ला कृषि विकास कार्यालयले २२ व्यक्तिलाई अनुदान प्रदान गर्ने भएको छ । 

द्वन्द्वपीडितलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रु आठ लाख ८० हजार अनुदान प्रदान गरिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले जानकारी दिनुभयो । 

द्वन्द्वका समयमा सहिद परिवार, घाइते, अपाङ्गता भएका र विस्थापितलाई कृषि पेसामा सहभागी गराएर आत्मनिर्भर गराउने उद्देश्यले द्वन्द्वपीडित कृषि कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!