साढे ४ करोडको कृषिजन्य वस्तु जिल्ला बाहिर निर्यात

Posted on: 25 Jul, 2016

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | रुकुमबाट वितेको आर्थीक वर्ष २०७२/७३ मा झण्डै साढे ४ करोड बरारबको कृषि जन्य बस्तुको निर्यात भएको छ । एक वर्षको अवधीमा ४ करोड ३३ लाख ७० हजार बराबरको विभिन्न कृषि जन्य वस्तुहरुको जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लाबाट कुल ९ सय २ मेट्रिकटन कृषिजन्य वस्तु निर्यात भएकामा सबैभन्दा बढी अदुवा ६ सय ५ मेट्रिकटन निर्यात भएको छ । जिल्ला बाहिर निर्यात हुने कृषिजन्य वस्तुमा मकै दोस्रोमा पर्ने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मिन वहादुर केसीले जानकारी दिनुभयो ।

वितेको एक वर्षमा जिल्लाबाट मकै १ सय २० मेट्रिकटन जिल्ला बाहिर गएको छ । जिल्ला बाहिर जाने मकैमा सबै खानाको लागी प्रयोग गरिने मकै रहेको केसीको भनाई छ । त्यस्तै जिल्लाबाट १ सय मेट्रिकटन तरकारीको वीउ,  ५२ मेट्रिकटन सुन्तला र ५ मेट्रिकटन महँ पनि गत वर्ष जिल्ला बाहिर पठाईएको छ । 

गत वर्ष जिल्लाबाट स्याउ भने निर्यात भएन । जिल्लाको पुर्वीभेगमा स्याउ उत्पादन हुने भएपनि उक्त स्याउ जिल्ला बाहिर निर्यात भएको तथ्यांक कार्यालयमा नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!