चौखावाङमा मकैवालीमा हावा हुरीले क्षेति

Posted on: 04 Aug, 2016

गणेश शिर्पाली/साउन २०, रुकुम । रुकुम चौखावाङको वडा नम्वर १ र २ मा हावाहुरीले मकैवालीमा क्षेति पु¥याएपछि किसानहरु चिन्तामा परेका छन । हिजो दिउँसो आएको हावाहरुरीले मकैवालीमा क्षेति पु¥याएको हो । 

भर्खर धानचौँर गरेर घोडा लाग्न लागेको मकैमा क्षेति पुगेपछि भोकमरी पनसक्ने भन्दै किसानहरु चिन्तिन भएको त्यहावाट जितेन्द्र ओलीले दुःखेसो गर्नुभयो । 

चौखवाङका कुनाशिमल, चिउरावोट, स्वाँरा, वल्चौर लगाएतका ठाउँमा लगाईएको मकैवाली हावाले नष्ट गरेको हो । परम्परागत खेति प्रणाली र विउँका कारण हावा लागेपछि मकै ढल्ने समस्या पर्ने गरेको छ । 

अवका वर्षहरुमा उन्नत जातको विउँको व्यवस्था गरिदिन किसानहरुले सरोकारवालाहरुलाई आग्रह गरेका छन । अलि होचो जातको मकैको विउँ प्रयोग गर्न सके हावावाट क्षेति कम हुनसक्ने उनिहरुको अनुमान  छ ।

यस्तै स्यालापाखाका वडा नम्वर २, ५ र ६ मा पनि आज दिउँसो आएको हावाहुरीले मकैवालिमा क्षेति पु¥याएको छ । 

स्यालापाखाका लम्फाकोट, झिमखोला, भुरुङगा लगाएतका ठाउँको मकैवालिमा क्षेति पु¥याएको स्थानिय शिक्षक कृष्णवहादुर नाथले जानकारी दिनुभयो । 

उता खोलागाउँको वडा नम्वर ३ नेप्टेकाँडा तल्लोवस्तिमा आज दिउँसो आएको हावाहुरी क्षेति पु¥याएको छ । धानचौर गर्दैगरेको मकैवालिमा क्षेति पुगेको स्थानिय लोकेन्द्र विकले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!