किन पुग्यो नेपाली सेना पूर्वी रुकुम ? यस्तो छ कारण

Posted on: 08 Nov, 2017

कात्तिक २२, काठमाडौँ । कान्छो जिल्ला पूर्वी रुकुममा मंगलबार नेपाली सेना पुगेको छ । 

पाँच नम्बर प्रदेश अन्तरगत पर्ने पूर्वी रुकुममा खड्क दलको गुल्म पुगेको हो । नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता नयनराज दाहालका अनुसार छिमेकी जिल्ला रोल्पाको लिबाङमा रहेको खड्क दल गणबाट सेना त्यहाँ पुगेको हो ।

 केही साताअघि उद्घाटन गरिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा सेना हेलिकोप्टरबाट पुगिसकेको छ । ‘चुनावी सुरक्षा प्रयोजनका लागि सेना पठाइएको हो ।' नेपाली सेनाका सहायकरथी दाहालले अन्नपुर्णसँग भने, ‘अस्थायी रुपमा व्यारेक वनाएर वस्छ ।'

पश्चिम रुकुम ६ नम्बर प्रदेशमा रहेको छ । साविक रुकुमको सदरमुकाम खलंगामा सेनाको गण भएपनि पुर्वी रुकुम ५ नम्बर प्रदेश अन्तरगत पर्ने भएकाले लिबाङबाट सेना पठाइ एको नेपाली सेनाले जनाएको छ । नयाँ जिल्ला स्थापना भएपछि नेपाली सेनाको ४ नम्बर वाहिनी नेपालगञ्जले हेर्ने निश्चित भइसकेको छ । कुन गण वा गुल्म स्थायी रुपमा पूर्वी रुकुममा पठाउने भन्ने बारे बाहिनीले टुंगो लगाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गएकाले सुरक्षा व्यवस्थाका लागि खड्क दलबाट सेना पुगेको हो ।

मंगलबार दिनभर पटक/पटक हेलीकोप्टरबाट सेना त्यहाँ पुर्‍याएको थियो । पाँच नम्बर प्रदेश अन्तरग पूर्वी रुकुम र रोल्पामा मंसिर १० गते चुनाव हुँदैछ । माओवादी गढ मानिदै आएका यी दुई जिल्लामा सुरक्षाको राम्रो प्रबन्ध गरिएको सुरक्षा स्रोतले जनाएको छ । पूर्वी रुकुममा चुनबाङ पनि पर्दछ । कमल दहका नजिकै रहेको कान्छो जिल्लाको सदरमुकाममा सेना पुगेपछि स्थानीय खुशी भएका छन् ।

स्थानीय तहको निर्वाचनमा पूर्वी रुकुमका तीनवटै स्थानीय तह माओवादी केन्द्र विजयी बनेका थियो। रोल्पाका थबाङसँग सिमान जोडिएको पूर्वी रुकुम सदरमुकाममा सरकारी निकाय खडा गरिएपनि भवन अभावले सेवा प्रभावमा कठिनाई भइरहेको छ । अन्नपुर्ण पोष्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!